लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) उत्तरदायी जलश्रोत–उर्जा–खाद्य–पारिस्थितिकीय प्रणाली (WEFE) बीचको अन्तरसम्बन्ध सम्बन्धि अवधारणा: स्थानीय तहको योजना तर्जुमाकोलागि सहयोगी पुस्तिका

Featured article image Printed and digital learning material

यो पुस्तिका सुदूरपश्चिम प्रदेशको रंगुन जलाधार क्षेत्रका स्थानीय सरकारहरूबाट जलश्रोत–उर्जा–खाद्य–पारिस्थितिकीय प्रणाली (WEFE) नेक्सस बिचको अन्तरसम्बन्ध सम्बन्धी अवधारणाको आवश्यकतालाई मध्यनजर गर्दै तयार पारिएको हो। यसले स्थानीय जलाधार तहको योजना तर्जुमा प्रक्रियामा (WEFE) नेक्ससको अवधारणा लागू गर्न आवश्यक व्यवहारिक रुपरेखा दिने आशा गरीएको छ । यस पुस्तिकाको उद्धेश्य जल, जंगल, जमिन, उर्जा जस्ता प्राकृतिक श्रोतहरुको एकीकृत विकास गर्न GESI उत्तरदायी WEFE को अवधारणालाई स्थानीय सरकारहरूको नीति निर्माण, योजना तर्जुमा र बजेट बाँडफाँटको प्रक्रियामा मुलप्रवाहीकरण गरी सहयोग पुर्‍याउनु हो । यो पुस्तिका विशेष रूपमा नेपालका स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू विशेषतः WEFE सँग सम्बन्धित क्षेत्रहरूमा संलग्न व्यत्तिफ् तथा संस्थाहरूलाई लक्षित गरी तयार पारिएको हो । यसले स्थानीय योजना तर्जुमा, नीति तथा कार्यत्रफ्म निर्माण, बजेट विनियोजन र त्यसको व्यवहारिक र प्रभावकारी कार्यान्वयनकालागि सन्दर्भ सामग्रीको रूपमा काम गर्दछ भन्ने अपेक्षा राखिएको छ । यसको अलावा, WEFE क्षेत्रमा कार्यरत गैर–सरकारी संस्था (NGO), अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था (INGO) तथा शैक्षिक र अनुसन्धान क्षेत्रका व्यक्ति र संस्थाहरूकालागि पनि यो एक महत्वपूर्ण श्रोत सामग्री हुन सक्दछ। प्राकृतिक श्रोतहरुको एकीकृत विकास प्रशिक्षण कार्यक्रम डिजाइन तथा सञ्चालनका लागि समेत यसले आधारभूत खाका प्रदान गर्ने छ । यस सामग्रीको विकास रंगुन जलाधार क्षेत्रमा सञ्चालन गरीएको GESI उत्तरदायी WEFE नेक्सस प्रशिक्षण तथा अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाको (IWMI) नेतृत्वमा आयोजित WEFE नेतृत्व कार्यशालाका क्रममा विकसित र परीक्षण गरीएका सामग्रीमा आधारित छ ।

Scroll to Top